Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज आन्तिम दिन

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज आन्तिम दिन

दैनिकी न्यूज

२०, कार्तिक २०८०
सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज आन्तिम दिन
images

काठमाडौं । सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कात्तिक २१ गते एक दिनका लागि सेयर बुक क्लोज गर्ने निर्णय गरेको छ ।

त्यसैले आज कात्तिक २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त तथा साधारणसभामा सहभागी हुन पाउने छन् ।

बैंकले गत आर्थिक वर्ष २०७९–८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न मङ्सिर ५ गते काठमाडौंको बालुवाटार स्थित आम्रपाली ब्यान्क्वेटमा बिहान १० बजे २२औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । 

images
प्रकाशित मिति :कार्तिक २०, २०८० सोमवार - ०९:५४:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology