काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले मंसिर २२ गतेका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ। जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले जनप्रदर्शन स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ।
यसअघि कार्त्तिक १९ गते माओवादी केन्द्रको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण,राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको थियो।