Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एनआरएन अध्यक्ष शर्मासहितको टोलीले उपप्रधानमन्त्री खड्कालाई भेट्यो

एनआरएन अध्यक्ष शर्मासहितको टोलीले उपप्रधानमन्त्री खड्कालाई भेट्यो

दैनिकी न्यूज

२३, कार्तिक २०८०
एनआरएन अध्यक्ष शर्मासहितको टोलीले उपप्रधानमन्त्री खड्कालाई भेट्यो
images


काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्रकुमार (आर के) शर्मा नेतृत्वको टोलीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेको छ ।

जाजरकोट र रुकुम पश्चिमका  भूकम्प प्रभावित क्षेत्रहरु पुगेर राहत सामग्री वितरण गरेपछि  उपप्रधानमन्त्री खड्कासँग सुर्खेतस्थित उनकै निवासमा एनआरएन टोलीले भेटवार्ता गरेको हो । भेटवार्तामा अध्यक्ष शर्मासहित निवर्तमान अध्यक्ष रविना थापा,महासचिव बुद्धि सागर सुवेदी,युरोप संयोजक चिन्तामणी सापकोटा, एनआरएन अभियन्ता ओम शर्मालगाएत सहभागी थिए ।

सो अवसरमा अध्यक्ष शर्माले एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा वितरण गरेको राहत सामग्रीको बारेमा जानकारी गराएका थिए । यसैगरी आगामी दिनमा पनि गैर आवासीय नेपालीहरुको ज्ञान र सीपका आधारमा भूकम्प पछिको पुन:निर्माणमा पनि आफूहरुले सरकारसँग समन्वय  गरेर काम गर्ने उनले प्रतिबद्धता जनाए ।

जवाफमा उपप्रधानमन्त्री खड्काले विपद्को बेला सबै एकजुट भएर सहयोग गर्नु पर्ने र त्यसका लागि एनआरएनएले गरेको कामको सरकारले उच्च मूल्यांकन गर्ने बताए । आगामी दिनमा पनि सरकारले एनआरएनहरुसँग मिलेर काम गर्ने बताउँदै विपद्का बेला सहयोग गर्ने विदेशमा बस्ने सवै नेपालीहरुलाई उनले  धन्वयवाद पनि दिए ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दू भएर गत शुक्रबार गएको ६.४ रिक्टर स्केलको भूकम्पबाट ठूलो  मानवीय र भौतिक क्षति वभए पछि  अहिले राहत वितरण र उद्धार कार्य भइरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - ०९:३८:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology