Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सहकारीप्रति जनताको विश्वास र आकर्षण बढ्यो

सहकारीप्रति जनताको विश्वास र आकर्षण बढ्यो

दैनिकी न्यूज

२५, कार्तिक २०८०
सहकारीप्रति जनताको विश्वास र आकर्षण बढ्यो
images

ललितपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारीप्रति जनताको विश्वास र आकर्षण बढाएर देशको अर्थतन्त्र निर्माण गर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार ललितपुरको डिलाइट पार्टी भेन्यूमा आयोजित ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २९ ओै वार्षिक साधारणसभामा मन्तव्य राख्दै सो कुरा बताएका हुन । सभामुख घिमिरेले बैकहरू नपुगेको ठाउँमा सहकारी पुग्ने बताउँदै यो क्षेत्रलाई राज्यले प्राथमिकता र महत्त्व दिएको धारणा राखेका थिए ।

‘हामीले २०७२ मा संविधान जारी गर्दा सरकारी, नीजि र सहकारी गरि तीन खम्बे अर्थ नीति अवलम्बन गरेका छौं । सहकारी भनेको कमजोर आम्दानी हुनेहरूलाई एकताबद्ध गरेर ठूलो काम गर्न सक्ने अवसर प्रदान गर्ने माध्यम हो । सबै जनताको अर्थतन्त्र समान अवसर कायम गर्ने माध्यम सहकारीलाई राज्यले पनि प्राथमिकता र महत्त्व दिएको छ ।' सभामुख घिमिरेले भने ।

उनले राष्ट्रियस्तरका बैक पनि नपुगेको ठाउँमा पुग्ने महत्त्वपूर्ण आधार सहकारी भएको भन्दै जनताको पहुँच नभएको ठाउँमा पहुँच पुर्‍याउने र वितिय कारोवारमा हरेक हिसाबवाट प्रेरणा दिने, बाटो देखाउने र देशको अर्थतन्त्रलाई मजवुत पार्ने आधारको रुपमा सहकारी रहेको बताए ।

उनले संविधानले समाजवादउन्मुख समाजको कल्पना गरेको भन्दै उनले खाली कुराले मात्रै समाजवाद निर्माण नहुने भन्दै यसको लागि देशको अर्थतन्त्रको विकास हुनुपर्ने, समुचित न्यायमा आधारित अर्थतन्त्र निर्माणका लागि असल माध्यम नै सहकारी हुन सक्नेछ भन्ने धारणा राखे ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले तीन दशकमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले बहस र पैरवीलाई निरन्तरता दिएको र यसले सहकारी आन्दोलनलाई संस्थागत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उनले बित्तीय शिक्षालाई आधारभूत थलो बनाएको यस संघले वार्षिक नीति तथा कार्यक्रममार्फत सहकारी आन्दोलनलाई अझ सवलीकरण गर्ने काममा आफूलाई उभ्याएको प्रष्ट पारे ।

संघले सदस्य सुदृढीकरण कार्यक्रम, प्रारम्भिक संस्थाहरुका सदस्यहरूलाई मालिक बनाउने काम र सदस्यहरूले लाभ प्राप्त गर्न सक्ने माध्यम तयार गर्ने अभियान थाल्नु पर्नेमा उनको जोड थियो ।

२९ ओैं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समितिका अध्यक्ष रामहरि बजगाईले आवद्ध प्रारम्भिक संस्थाहरूको क्षमता अभिबृद्धि गर्ने, सहकारीहरूको अनुगमन तथा एकीकरणलाई जोड दिने, संघको प्रभावकारी व्यवस्थापन गर्ने लगायतका योजना तथा कार्यक्रमहरु रहेको बताए ।

संघले २९ ओै वार्षिक साधारणसभाका अवसरमा संस्थापक सञ्चालक शम्भुबहादुर के. सी., उत्कृष्ट कर्मचारी रमिता अवाले, उत्कृष्ट सहकारीहरु झम्सिखेलस्थित खुत्रुर्के बचत तथा ऋण सहकारी संस्था र गोदावरी नगरपालिका वडा नं. १० स्थित कर्मठ सामुदायिक बचत तथा ऋण सहकारी संस्थालाई समेत सम्मानित गरेको थियो ।

369100613_737795055032871_3552670218369339574_n.jpg

376558186_3897458513818701_7712600246810606045_n.jpg

 

images
प्रकाशित मिति :कार्तिक २५, २०८० शनिवार - ०७:५०:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology