काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।
यो मूल्य अघिल्लो कारोबार दिनभन्दा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुन भने प्रतितोला १ लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ
यसैगरी, चाँदीको भाउ भने आज ३५ रुपैयाँले बढेको छ । यो दिन चाँदीको भाउ प्रतितोला १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।