Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउले बनायो नयाँ रेकर्ड

सुनको भाउले बनायो नयाँ रेकर्ड

दैनिकी न्यूज

१२, मंसिर २०८०
सुनको भाउले बनायो नयाँ रेकर्ड
images

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) धातु सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

सुनको भाउले दिनानुदिन ऐतिहासिक रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च विन्दु हो । विश्व बजारमा सुनको भाउ बढेकाले नै नेपाली बजारमा पनि यसको प्रभाव देखिएको हो।

अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी यो दिन त्यस्तै तेजावी सुनको भाउ प्रतितोला १ लाख १७ हजार १५० रुपैयाँ रहेको छ ।

यसैगरी यो दिन चाँदीको कारोबार प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने अघिल्लो दिन पनि सोही भाउमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :मंसिर १२, २०८० मंगलवार - १३:२२:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology