Logo

आइतवार, श्रावण २४ गते २०८३

images

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, २ जना पक्राउ

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, २ जना पक्राउ

दैनिकी न्यूज

२२, मंसिर २०८०
त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, २ जना पक्राउ
images

काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन् । बिहीबार राति फ्लाइ दुबईको एफजेड ५४३ को उडानबाट काठमाडौं आएका चन्द्र घले र मीनबहादुर घले सुनसहित पक्राउ परेका हुन् ।

कपडामा बेरेर छातीको दायाँबायाँ राखेर ल्याएको अवस्थामा उक्त सुन बरामद गरिएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।

दुबईबाट अवैध रूपमा सुन आउँदै छ भन्ने सूचना पाएपछि विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले घलेद्वयलाई आउँदा आउँदै पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवैलाई प्रहरी प्रभाग कोटेश्वर पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २२, २०८० शुक्रवार - ०९:३४:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology