काठमाडौं । आज (मंंगलबार) पनि सुनको भाउ घटेको छ । सोमबार प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय घटेको हो ।
यसदिन छापावाला सुन प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य आज स्थिर छ । आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।