Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरको महाँकालमा भूमिहिनलाई निस्सा वितरण

ललितपुरको महाँकालमा भूमिहिनलाई निस्सा वितरण

दैनिकी न्यूज

३, पौष २०८०
ललितपुरको महाँकालमा भूमिहिनलाई निस्सा वितरण
images

ललितपुर । ललितपुरको महाँकाल गाउँपालिकाका भूमिहीन, भुमिहीन दलित र सुकुम्वासीलाई सोमबार निस्सा वितरण गरेको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले जिल्ला समिति ललितपुरका अध्यक्ष श्रीगोविन्द महर्जनका अनुसार गाउँपालिकाका ३६ भूमिहीन, भूमिहीन दलित र सुकुम्वासीलाई निस्सा वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले यसअघि गत जेठ ३१ मा बागमती गाउँपालिकाका ९४ भूमिहीनलाई निस्सा वितरण गरेको थियो ।

maha 4.jpg

“भूमि आयोग जिल्ला समितिले निस्सा वितरणको कार्यलाई द्रूत गतिमा अगाडि बढाइरहेको छ । ललितपुर महानगरपालिकासंग सम्झौता हुन बाँकी छ, महालक्ष्मीमा हामीले गत हप्ता मात्रै सम्झौता गर्न सफल भयौँ । अब गोदावरीका बाँकी नौ वटा वडामा पनि हामी छिट्टै निस्सा वितरणका काम सम्पन्न गर्नेछौँ”, अध्यक्ष महर्जनले भने ।

maha 3.jpg

महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले आगामी चैत महिनाभित्र सबै सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

maha 2.jpg

“सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान भइसकेपछि यस पालिकामा भूमिसम्बन्धी सम्पूर्ण समस्या हल हुनेछ । त्यसपछि कोही पनि भूमिहीन हुने छैनन् । हामी विकासको अर्को चरणमा नयाँ उत्साहका साथ लाग्ने छौँ”, प्रमुख केसीले भने ।

महाँकालका उपप्रमुख डोल्मा मायाँ गोलेले भूमि आयोगको सक्रियताका कारण निस्सा वितरण सम्पन्न भएको र आगामी दिनमा पूर्जा वितरणका लागि थप सहयोग, समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरिन् ।

mahakal.jpg

भूमि आयोग जिल्ला समिति सदस्य रमेशप्रसाद घिमिरे, विज्ञ सदस्य प्रतीककुमार तामाङ, सदस्य सरिना महर्जन, मालपोत कार्यालय प्रमुख ऋषिकुमार दाहाल, नापी कार्यालय ललितपुरका प्रमुख उमेश कुमार, पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, महाँकाल १ बुखेलका वडाध्यक्ष रामप्रसाद घिमिरे, वडा नं २ मानिखेलका वडाध्यक्ष जोनीकुमार न्यासुर, वडा नं ३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुली, वडा नं ४ कालेश्वरका वडाध्यक्ष कृष्णप्रसाद तिमल्सिना, वडा नं ५ चन्दनपुरका वडाध्यक्ष भूमिनन्द घिमिरे र वडा नं ६ का वडाध्यक्ष विनोदकुमार चौरेल लगायतको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :पौष ३, २०८० मंगलवार - ०८:३३:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology