Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

४, पौष २०८०
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले आजको भाउ हिजोको तुलनामा एक हजार रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १ लाख १९ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको भाउ तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ ।

हिजो छापावाल सुनको भाउ तोलामा १ लाख १८ हजार र तेजाबी सुनको भाउ तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको भाउ समेत तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो । जुन, आज तोलामा १४ सय ६५ रुपैयाँ कायम भएको छ ।

images
प्रकाशित मिति :पौष ४, २०८० बुधवार - १०:५६:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology