Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने

माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने

दैनिकी न्यूज

५, पौष २०८०
माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने
images

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले आउँदो फागुनको पहिलो हप्ता विधान सम्मेलन गर्ने भएको छ । आज (बिहीवार) बसेको पार्टीको पदाधिकारी बैठकले फागुनको पहिलो हप्ता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले विधानको मस्यौदा बनाउनका लागि सात सदस्यीय समिति गठन गरेको जानकारी दिए । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा, सचिव गणेश शाह र सचिव राम कार्की रहनुभएको उनले बताए । प्रवक्ता सापकोटाले पार्टीको केन्द्रीय कमिटी बैठक पनि फागुन पहिलो हप्ता नै बस्ने जानकारी दिए ।

बैठकमा पार्टीको चलिरहेको जनतासँग माओवादी–विशेष रूपान्तरण अभियानको समीक्षा भएको प्रवक्ता सापकोटाले बताए । अभियानले पार्टीलाई जीवन्त र गतिशील बनाएको र नेता, कार्यकता र नागरिकका बीचमा नयाँ ढङ्गले सम्बन्ध स्थापित भएको निष्कर्ष निकालेको उनले बताए ।

जनतासँग माओवादी–विशेष रूपान्तरण अभियान पुस १६ गते सबै पालिकामा बृहत् जनपरिचालसहित समापन हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।

सापकोटाले पदाधिकारी बैठकमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएको विषयमा कुनै छलफल नभएको बताए । पदाधिकारीको अघिल्लो बैठकमा राजीनामाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएको उनको भनाइ छ ।

images
प्रकाशित मिति :पौष ५, २०८० बिहिवार - १८:५०:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology