Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ब्रह्मबाबा खानेपानी तथा सरसफाइको अध्यक्षमा जिम्मा निर्वाचित

ब्रह्मबाबा खानेपानी तथा सरसफाइको अध्यक्षमा जिम्मा निर्वाचित

उमेश घलान

६, पौष २०८०
ब्रह्मबाबा खानेपानी तथा सरसफाइको अध्यक्षमा जिम्मा निर्वाचित
images

बारा । बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर १ स्थित सिंगौल ब्रह्मबाबा खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिको अध्यक्षमा बिर्दोज जिम्बा चयन भएको छ ।

समितिको प्रथम साधारण सभाले जिम्बाको नेतृत्वमा ९ सदस्यीय समिति चयन गरेको हो । नयाँ समितिको सचिवमा राकेश जिम्बा, कोषाअध्यक्ष सोभावती गुरो र सदस्यहरुमा दिपा कुमर, जितकुमारी खड्का, अन्जली थापा मगर, बुद्धबहादुर लोप्चन, लालबहादुर चौधरी, बिजरमान ब्लोन रहेका छन् ।

a1dc39ac-ba32-403c-9671-705c727bddce.jpg

ब्रह्मबाबा खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिको ८ वर्षपछि प्रथम साधारण सभा सम्पन्न भएको हो । वनस्थली हाट बजार नजिकै रहेको बह्रमबाबा खानेपानीको प्रांगणमा इन्द्रबहादुर भण्डारीको अध्यक्षतामा प्रथम साधारण सभा सम्पन्न भएको छ ।

प्रथम साधारण सभाको वडा नम्बर १ मा गएको निर्वाचनमा गठबन्धनबाट निर्वाचित वडा सदस्य कान्तलाल धामी प्रमुख आतिथि रहेको थियो ।

नयाँ कार्यसमितिलाई शुभकामना दिदै लामो समयसम्म संस्थाको अध्यक्ष समेत रहेको भण्डारीले स्थानीयले ब्रह्मबाबा खानेपानी संस्थाबाट अपेक्षा गरे अनुसारको सेवा दिनुपर्नेमा जोड दिए । भण्डारीको पहलमा २ लाख २५ हजार लिटर क्षमता भएको ओभरहेट ट्यांकी निर्माण सम्पन्न भएको थियो । सो समितिमार्फत हाल वडा नम्बर १ र २ का कुल २४९ स्थानीय घरधुरीले शुद्ध पानी प्रयोग गर्दै आइरहेका छन् ।

images
प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - ०७:३४:५९ बजे

 

उमेश घलान

घलान बारा जिल्लाको स्थानीय सम्वाददाता हुन् ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology