काभ्रे । काभ्रेमामा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
पनौती नगरपालिका १ बुढापोखरीमा बुढापोखरीबाट पर्खालचौरतर्फ जाँदै गरेको बा ४१ प २५३२ नं. को स्कुटर आफैँ अनियनत्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
सडकबाट अन्दाजी १५–२० फिट तल खस्दा स्कुटर चालक सोही स्थान बस्ने वर्ष ४५ को मंगल बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।
स्कुटरमा सवार सोही स्थान बस्ने वर्ष ३० को कुमार श्रेष्ठ घाइते भई उपचारका लागि शिरमेमोरियल अस्पताल पठाइएको छ। प्रहरीका अनुसार टाउकोमा चोट लागेका उनको अवस्था गम्भीर छ।
उक्त स्थानमा प्रहरीचौकी कुशादेवीबाट प्रहरी सहायक निरीक्षक लोक प्रसाद दुलालको कमाण्डमा टोली खटी गगएको छ भने बनेपाबाट प्रहरी निरीक्षक सहितको मुचुल्का टोली गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।