Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सन्तनेता भट्टराई जनतालाई सार्वभौम सम्पन्न वनाउने संविधान जारी गर्ने त्यागी व्यक्तित्व : सभापति देउवा

सन्तनेता भट्टराई जनतालाई सार्वभौम सम्पन्न वनाउने संविधान जारी गर्ने त्यागी व्यक्तित्व : सभापति देउवा

दैनिकी न्यूज

९, पौष २०८०
सन्तनेता भट्टराई जनतालाई सार्वभौम सम्पन्न वनाउने संविधान जारी गर्ने त्यागी व्यक्तित्व : सभापति देउवा
images

ललितपुर । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सन्तनेता कृष्णप्रसाद भट्टराई (किसुनजी) जनतालाई सार्वभौमसत्ता सम्पन्न वनाउने संविधान जारी गर्ने त्यागी व्यक्तित्व भएको धारणा राखेका छन् । सन्तनेता कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मदिवसको उपलक्ष्यमा शुक्रबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित बिमर्शसभामा मन्तव्य राख्दै सभापति देउवाले सन्तनेता भट्टराई कहिल्यै चिन्ता नलिने सच्चा त्यागी तथा निर्लोभी ब्यक्तित्वका रुपमा आफुले पाएको बताए ।

‘उहाँलाई मैले नख्खु जेलमा पहिलोपटक भेटेको हो, अत्यन्तै सेन्सअफ ह्युमर भएको व्यक्ति हुनुहुन्थ्यो, कहिल्यै चिन्ता नदिने सच्चा त्यागी तथा निर्लोभी ब्यक्तित्वका रुपमा उहाँले आफूलाई स्थापित गर्नुभएको थियो ।' सभापति देउवाले भने, 'उहाँले २०४७ सालमा तत्कालीन राजा र जनता सबैले अपनत्व गर्ने गरी नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन वनाउने संविधान जारी गर्न सफल हुनुभयो । उहाँको त्यागी, सादगीपनका साथै आदर्श व्यक्तित्वको विषयमा अझै खोजी गरेर किताब लेखिनु पर्छ ।‘ देउवाले आजको समयमा सन्तनेता भट्टराईबाट सिकेर गणतन्त्रत्मक शासन व्यवस्था सुदृढ बनाउनु छ भन्ने धारणा व्यक्त गरे ।

उपसभापति एवं उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले किसुनजी सरकारको नेतृत्व र पार्टी सञ्चालनमा अनुशासित ढंगले काम गर्नुभएका निष्ठावान व्यक्तित्व रहेको वताउँदै अप्ठ्यारो दिनमा पनि पार्टीमा दुःख पाएका कार्यकर्ताहरुलाई सहयोग गरेर हिसावकिताव राख्दै पार्टी चलाएको स्मरण गरे ।
‘किसुनजीले कसैप्रति दुर्भाव राखेको पाइएन । पार्टी सभापति रहेको अवस्थामा चुनाव हार्दा पनि कसैलाई आरोपित गर्नुभएन, आफू अपमानित भएर पनि पार्टीलाई विभाजन हुनबाट रोक्नु भएको थियो, उहाँले आध्यात्मिक, भौतिक, प्रशासनिक तथा निष्ठाका आधारमा देश र जनताप्रति समर्पणको भाव देखाउनु भएको थियो।' खड्काले भने, ‘उनको मन्त्रीपरिषदमा सहभागी हुँदा सपथ ग्रहणपछि भेट्न जाँदा पूर्णजी तपाईंलाई विश्वास गरेर जिम्मेवारी दिएको छु, मन्त्री पदबाट बिदा हुँदा तपाईंले लगाएको यो खैरो कोट र दौरासुरुवालमा दाग नलागोस् भनेर टाउकोमा हात राखेर दिनुभएको आशिर्वाद स्मरणमा छ ।'

उनले किसुनजी जनता, कार्यकर्ता र विश्वले विश्वास गर्ने गरि आफूलाई स्थापित गर्न सफल हुभएको व्यक्तित्व भएको प्रष्ट पार्नुहुँदै सरकार सञ्चालनमा उनले देखाउनु भएको बाटो अनुशरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए ।

उपसभापति एवं कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङले जीवनभर देश, जनता र प्रजातन्त्रका लागि अविश्राम लागि पर्नु भएक व्यक्तित्व किसुनजीको निष्ठा र सादगीपनको अनुशरण गर्न सकेमा सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने धारणा राखे ।
'वर्तमान समयमा बिकृति विसंगतिको चाङमा उभिएर आजको दिनमा उहाँले दिनु भएको मार्गदर्शन पछ्याउन ज्यादै कठिन छ । किसुनजीको सन्तपन, सादगीपन र सदाचार हामीमा पनि हुनु आवश्यक छ ।' उपसभापति गुरुङले भने ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिनाुले किसुनजीले पछ्याउनु भएको आदर्श र निष्ठालाई कायम राख्नु हाम्रो दायित्व हो भन्ने धारणा राख्नु भयो उहाँले किसुनजी भारतीय स्वतन्त्रताको लागि समेत योगदान गर्नुभएका चीरस्मरणीय व्यक्तित्व रहेको धारणा राखिन् ।

images
प्रकाशित मिति :पौष ९, २०८० सोमवार - ०७:४३:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology