Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

दैनिकी न्यूज

१५, पौष २०८०
आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?
images

काठमाडौँ । आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा सुनको भाउ घटेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ छ । जुन, गत साताको शुक्रबार तोलामा १ लाख २० हजार ७०० रुपैयाँ थियो । यस्तै, गत साता १ लाख २० हजार १०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ । यो गत साताको शुक्रबारको मूल्य हो ।

महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

images
प्रकाशित मिति :पौष १५, २०८० आइतवार - ११:००:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology