Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम

माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम

दैनिकी न्यूज

२२, पौष २०८०
माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम
images

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।

सोमबार उम्मेदवारी मनोनय गर्नुपर्ने भएपछि माओवादीले राष्ट्रियसभामा पठाउने सबै ६ जनाको नाम टुंगो लगाएको हो।

माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दको नाम टुंगो लगाएको हो।

माओवादी केन्द्रका महासचिव देव गुरुङले उम्मेदवारको नाम टुंगो गरिएको बताए। आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभाका १९ वटै सिटको भागबन्डा गरेको थियो।

जसअनुसार माओवादी भागमा ६ सिट परेको छ। आगामी फागुनदेखि माओवादीका ३ सदस्यको पद रिक्त हुँदै थियो।

उता नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि १० सिट लिने समझदारी भएको छ।

images
प्रकाशित मिति :पौष २२, २०८० आइतवार - १५:१४:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology