Logo

सोमवार, श्रावण २५ गते २०८३

images

फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने माओवादी केन्द्रको निर्णय

फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने माओवादी केन्द्रको निर्णय

दैनिकी न्यूज

२८, पौष २०८०
फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने माओवादी केन्द्रको निर्णय
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको छ। पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो।

पार्टी प्रवक्ता अग्नि सापकोटाले त्यसका लागि प्रतिनिधि चयन गरिने बताए। उनले प्रतिनिधि चयन गर्ने विषयमा थप छलफल हुने बताए। यसअघि पार्टीका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वको ७ सदस्यीय टोलीले विधानको मस्यौदा बुझाएको थियो ।

त्यस्तै राष्ट्रिय सभाको निर्वाचनको लागि समन्वय समितिले बनाइएको र सोही समितिले गठबन्धनका उम्मेदवारलाई जिताउने गरी तयारी गर्ने बताए।

त्यस्तै पार्टी एकतालाई संयोजन समिति बनाएर अघि बढ्ने निर्णयसमेत भएको प्रवक्ता सापकोटाले बताए। त्यसका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाइएको उनले बताए।

images
प्रकाशित मिति :पौष २८, २०८० शनिवार - १६:५४:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology