काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर कारोबारमा आएको हो ।
महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको भाउ तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको भाउ तोलामा १ लाख १८ हजार ५० रुपैयाँ थियो । यस्तै, आज छापावाल सुनको भाउ तोलामा १ लाख १९ हजार २०० र तेजाबी सुनको भाउ तोलामा १ लाख १८ हजार ६५० रुपैयाँ कायम छ ।
सुनको भाउ बढेसँगै आज चाँदीको भाउ समेत बढेको छ । तोलामा २० रुपैयाँले बढेसँगै आज चाँदीको कारोबार भाउ तोलामा १४ सय २० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार यसको कारोबार भाउ १४ सय रुपैयाँ कायम थियो ।