Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनचाँदीको भाउ भाउ, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउ भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

३, माघ २०८०
सुनचाँदीको भाउ भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १२ सय रुपैयाँले घटेर १ लाख १८ हजार २ सय रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार २४० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ८७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय तोकेको छ।

images
प्रकाशित मिति :माघ ३, २०८० बुधवार - ११:१३:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology