Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

दैनिकी न्यूज

७, माघ २०८०
यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा
images

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०.८०१३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण हुनेछ ।

images
प्रकाशित मिति :माघ ७, २०८० आइतवार - १०:५९:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology