Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

आज सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१०, माघ २०८०
आज सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (बुधबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि भाउमा कारोबार भइरहेको छ । पछिल्लो ४ दिनदेखि सुनको भाउमा कुनै परिवर्तन भएको छैन् ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको भाउ आज १० रुपैयाँले बढेको छ । यस दिन चाँदी १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ५१० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ८३ रुपैयाँ तोकेको छ।

images
प्रकाशित मिति :माघ १०, २०८० बुधवार - १०:५५:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology