Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

दैनिकी न्यूज

११, माघ २०८०
आज सुनको भाउ घट्यो
images

काठमाडौं । आज बिहिबार सुनको भाउ घटेकोे छ भने चाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज २० रुपैयाँले बढेको छ । यस दिन चाँदी १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार १६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ६९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय रुपैयाँ तोकेको छ।

images
प्रकाशित मिति :माघ ११, २०८० बिहिवार - ११:२३:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology