Logo

सोमवार, श्रावण २५ गते २०८३

images

तिलगङ्गामा सडक दुर्घटनामा परी एक महिलाको मृत्यु

तिलगङ्गामा सडक दुर्घटनामा परी एक महिलाको मृत्यु

दैनिकी न्यूज

१९, माघ २०८०
तिलगङ्गामा सडक दुर्घटनामा परी एक महिलाको मृत्यु
images

काठमाडौं । काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नं. ९ तिलगङ्गास्थित सडकमा बा ९ च २११५ नम्बरको डिआई गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका वडा नं. ९ गौरिघाट बस्ने झापा घर भएकी ५० वर्षीया रमिला बजगाइको बिहीबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :माघ १९, २०८० शुक्रवार - १६:५७:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology