Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरको इमाडोलमा एकै परिवारका तीन जनाको मृत्यु

ललितपुरको इमाडोलमा एकै परिवारका तीन जनाको मृत्यु

दैनिकी न्यूज

२८, माघ २०८०
ललितपुरको इमाडोलमा एकै परिवारका तीन जनाको मृत्यु
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ३ इमाडोलमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । इमाडोलको ओचुहाइटकी रविना महर्जन र उनका दुई सन्तानको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रविना महर्जन घरको तीन तलाबाट हाम्फालेपछि मृत्यु भएको हो । शनिबार उपचारको क्रममा उनको ललितपुरकै इमाडोलमा रहेको किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनालले जानकारी दिए ।

यस्तै घरकै कोठामा उनका ६ वर्षीय छोरा र दुई बर्षीया छोरी अचेत अवस्थामा भेटिएका थिए । उनीहरुलाई पनि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

images
प्रकाशित मिति :माघ २८, २०८० आइतवार - ०७:३८:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology