Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै

दैनिकी न्यूज

२८, माघ २०८०
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै
images

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

आजको बैठक पार्टीको चारमहिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को समीक्षामा केन्द्रित हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।

चारमहिने अभियानमा पार्टीको संगठन निर्माण, पुनर्निर्माणका साथसाथै सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपांगता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।

भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टीको कामकारबाही र आगामी फागुन १ देखि ३ गतेसम्म काठमाडौँमा हुने विधान सम्मेलनबारेमा पनि छलफल हुनेछ ।

सम्मेलनमा प्रस्तुत गरिने विधानका बारेमा प्रारम्भिक छलफलका लागि गत शुक्रवार र शनिवार स्थायी समिति बैठक बसेको थियो ।

सो बैठकमा केन्द्रीय समितिको आकार घटाएर १ सय ५१ सदस्य बनाउने तथा सोको प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिइएको छ ।

images
प्रकाशित मिति :माघ २८, २०८० आइतवार - ०७:५४:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology