Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज घट्यो सुनचाँदीको भाउ

आज घट्यो सुनचाँदीको भाउ

दैनिकी न्यूज

१४, फाल्गुण २०८०
आज घट्यो सुनचाँदीको भाउ
images

काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँमाले घटेको हो ।

यस दिन छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३९५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख १ हजार ४ सय २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ १ लाख ९ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९६ रुपैयाँ तोकेको छ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०८० सोमवार - ११:०६:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology