Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एमाले ललितपुर जिल्लाको अध्यक्षमा तीन जनाको आकांक्षा

एमाले ललितपुर जिल्लाको अध्यक्षमा तीन जनाको आकांक्षा

दैनिकी न्यूज

१४, फाल्गुण २०८०
एमाले ललितपुर जिल्लाको अध्यक्षमा तीन जनाको आकांक्षा
images

ललितपुर । नेकपा (एमाले) ललितपुर जिल्लाको नवौैँ जिल्ला अधिवेशनको नजिकिँदै जाँदा चहलपहल समेत बढ्दै जान थालेको छ ।

नेकपा एमाले ललितपुरको नवौं जिल्ला अधिवेशनमा अध्यक्षलगायत पदाधिकारीमा चुनाव हुने आकलन बढेसँगै एकपछि अर्को गरेर अध्यक्षका उम्मेदवारहरू देखा पर्न थालेका छन् ।

अध्यक्षको उम्मेदवारमा पुरुषोत्तम आचार्य, चेतनाथ सञ्जेल र दिनेश कार्की आकाक्षा व्यक्त गरेको एमाले स्रोतले बताएको छ ।

विद्यार्थी राजनीतिबाट उदाएका आचार्यले आफ्नो राजनीतिक यात्राका क्रममा राजनीतिक परिवर्तनको नेतृत्व गर्दा राजद्रोहको मुद्दासमेत खेपेका थिए । आचार्यले लामो समय जिल्ला कमिटिमा रहँदै सचिवको समेत कूशलतापूर्वक जिम्मेवारी पूरा गरेका थिए । उनी वर्तमान जिल्ला अध्यक्ष समेत हुन् ।

यसैगरी सञ्जेल भूगोलबाट उदाएका नेता हुन् । उनी एमाले ललितपुर क्षेत्र नं. १ को पूर्व अध्यक्ष हुन् । सञ्जेल पूर्व बागमती प्रदेश सभा सदस्यसमेत हुन् ।

आचार्य र सञ्जेलबाहेक एमाले ललितपुरका नेता तथा ललितपुर–२४ का पूर्व वडाअध्यक्ष दिनेश कार्कीले अध्यक्षको आकांक्षा प्रकट गरेका छन् । उनी एमाले बागमती प्रदेश किमिटीका पूर्व सदस्य समेत हुन् ।

एमाले केन्द्रले सकेसम्म सर्वसहमतिमा नेतृत्व चयनका लागि जोडबल गरिरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०८० सोमवार - १९:५०:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology