Logo

सोमवार, श्रावण २५ गते २०८३

images

त्रिशूली नदीमा बस खस्यो, ४ जनाको मृत्यु

त्रिशूली नदीमा बस खस्यो, ४ जनाको मृत्यु

दैनिकी न्यूज

२३, फाल्गुण २०८०
त्रिशूली नदीमा बस खस्यो, ४ जनाको मृत्यु
images

धादिङ । कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको यात्रुबहाक बस त्रिशूली नदीमा खसेको छ । बुधवार बिहान ५ बजेको समयमा लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस धादिङको गजुरी गाउँपालिका वडा नं. ५ घाटबेशीबाट नदीमा खस्दा चार जनाको मृत्यु भएको छ भने ३३ जनाको जीवित उद्धार गरिएको छ ।

बसको गति अनियन्त्रित भएर नदीमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ । १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आमद घाटबाट डिएसपीको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरेको छ । जीवित उद्धार गरिएकामध्ये १८ जनालाई गजुरी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टरको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०८० बुधवार - ०७:५०:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology