Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गर्ने चेतावनी (सूचनासहित)

सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गर्ने चेतावनी (सूचनासहित)

दैनिकी न्यूज

२६, फाल्गुण २०८०
सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गर्ने चेतावनी (सूचनासहित)
images

काठमाडौं । सरकारले सहकारीबाट लिएको ऋण नतिर्ने ऋणिहरुको सम्पत्ति रोक्का गर्ने चेतावनी दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।

ऋण लिएर ऋणिहरुले भुक्तानी नगरेपछि सहकारीले सदस्यहरुलाई बचत फिर्ता गर्न असहज भएको भन्ने गुनासो आएको भन्दै मन्त्रालयले आफुले लगेको ऋण भुक्तान गर्न अनुरोध गरेको छ । ऋण लिएर नतिर्नु कानुनी बर्खिलाप भएको उल्लेख गर्दै मन्त्रालयले यस्तो अवस्थामा सम्पत्ति रोक्का गरिदिने सूचनामार्फत जानकारी गराएको छ ।

sahakari_bagmati-province (1).jpg

images
प्रकाशित मिति :फाल्गुण २६, २०८० शनिवार - १५:१४:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology