Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

दैनिकी न्यूज

१, चैत्र २०८०
प्रतिनिधिसभा बैठक बस्दै
images

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने छ।

संसद् सचिवालयका अनुसार बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले ‘सङ्घीय निजामती सेवा विधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि राख्ने विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसपछि, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक २०८०’ प्रस्तुत गर्नेछन्। मन्त्री जोशीले नै ‘निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

साथै, आव २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ गरिने महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

images
प्रकाशित मिति :चैत्र १, २०८० बिहिवार - ०७:४८:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology