ललितपुर । ललितपुरका विभिन्न स्थानमा आज विद्युत् सेवा अवरूद्ध हुने भएको छ।
लगनखेल वितरण केन्द्रको जावलाखेल फिडर अन्तर्गत पाटन हस्पिटल, कुमारीपाटी, मानभवन, एभीएम चोक लगायतका क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ।
ती क्षेत्रहरूमा विद्युत् कन्डक्टर अपग्रेड गर्नुपर्ने भएकाले लाइन सटडाउन गर्नुपर्ने प्राधिकरणले जानकारी दिएको छ।
समयअगावै काम सम्पन्न भएको अवस्था चाँडै लाइन सुरू हुने प्राधिकरणले जनाएको छ।