Logo

आइतवार, श्रावण २४ गते २०८३

images

समस्याग्रस्त सहकारी बिस पुगे (सूचिसहित)

समस्याग्रस्त सहकारी बिस पुगे (सूचिसहित)

दैनिकी न्यूज

२१, चैत्र २०८०
समस्याग्रस्त सहकारी बिस पुगे (सूचिसहित)
images

काठमाडौं । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेसँगै भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा सहकारीको सङ्ख्या २० पुगेको हो ।

सहकारी विभागको सिफारिसमा मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै आएको छ । मन्त्रालयले सहकारी विभागका रजिस्ट्रारको प्रस्तावसहितको सिफारिसमा सोही सहकारी ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्ने गरेको छ ।

मन्त्रालयले सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेपछि संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाउने गरेको छ । समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्ट्यान्डर्ड मल्टिपर्पोज कोअपरेटिभ, स्टान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, प्यासिफिक सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी, प्रभु बचत तथा ऋण सहकारी, चार्टड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, लुःनिभा बहुद्देश्यीय सहकारी, ओरेन्टल कोअपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ ।

ओरेन्टल कोअपरेटिभ, कञ्जुमर बचत तथा ऋण सहकारी, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, भेगास बचत तथा ऋण सहकारी, पशुपती सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, तुलसी बहुमुखी सहकारी, शिवशिखर बहुउद्देश्यीय सहकारी, हाम्रो नयाँ कृषी सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी, श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी र गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई पनि समस्याग्रस्त घोषणा गरिसकेको छ । यी सहकारीको कुल पाँच अर्बभन्दा बढी बचत रकम रहेको समितिको तथ्याङ्क छ ।

images
प्रकाशित मिति :चैत्र २१, २०८० बुधवार - ०६:५३:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology