Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनसरीमा कर्फ्यु

सुनसरीमा कर्फ्यु

दैनिकी न्यूज

२३, चैत्र २०८०
सुनसरीमा कर्फ्यु
images

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच वटा पालिकामा कर्फ्यु आदेश जारी गरेको छ ।

यसअघि अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा लागू भएकोमा प्रशासन कार्यालयले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा पनि कर्फ्यु आदेश जारी गरेको हो ।

हिजो (बिहीबार) एसईई परीक्षाका क्रममा हरिनगर गाउँपालिका वडा नं. १ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समूहबीच झडप भएको थियो । निषेधाज्ञापछि पनि आज (शुक्रबार) दिउँसो फेरि झडप भएको हो ।

कर्फ्यु जारी भएका क्षेत्रमा भेला, प्रदर्शन, सभा–सम्मेलन, धार्मिक कार्य गर्न स्थानीय प्रशासनले रोक लगाएको छ । आदेशको अटेर गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच सुनसरीको हरिनगर क्षेत्र तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ । हरिनगर गाउँपालिकामा दुई समूहबीच झडप भएपछि अश्रुग्यास र ५० राउन्ड बढी हवाई फायर गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको बताउनुभयो । प्रत्यक्षदर्शीले केही व्यक्ति घाइते भएका बताए पनि यसबारेमा सुनसरी प्रहरीले थप जानकारी सार्वजनिक गरेको छैन । दुई समूहलाई शान्त रहन र संयमता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

हेर्नुहोस सूचि

release0_CahOVa71m6.jpg

images
प्रकाशित मिति :चैत्र २३, २०८० शुक्रवार - १९:४४:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology