ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १७ बाफलमा आगलागी हुँदा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ।
आगलागीमा परी घाइते भएका पाँच जनामध्ये गम्भीर अवस्थामा रहेका दुई बालिकाको सोमबार साँझ मृत्यु भएको किस्ट अस्पतालले जनाएको छ ।
मृतकहरूमा ८ वर्षीया अलिसा गिरी र ४ वर्षीया प्रिया गिरी छन्।
अलिसाको छाला ८० प्रतिशत र प्रियाको १०० प्रतिशत जलेको थियो। उनीहरूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले पनि दुई बालिकाको मृत्यु भएको जानकारी दिए।