Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चार सवारीसाधन एकापसमा ठोक्किदा एकको मृत्यु, २२ घाइते

चार सवारीसाधन एकापसमा ठोक्किदा एकको मृत्यु, २२ घाइते

दैनिकी न्यूज

१४, जेठ २०८१
चार सवारीसाधन एकापसमा ठोक्किदा एकको मृत्यु, २२ घाइते
images

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका वडा नं. २९ सत्रकिलोमा गएराति चार सवारीसाधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन ।

गएराति साढे १२ बजे काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार घाइतेमध्य ८ जनाको अवस्था गम्भीर रहेकोछ । घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चारजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :जेठ १४, २०८१ सोमवार - ०८:३६:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology