Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बचत रकम हिनामिना गर्ने सहकारीका तीन जना संचालक पक्राउ

बचत रकम हिनामिना गर्ने सहकारीका तीन जना संचालक पक्राउ

दैनिकी न्यूज

२८, जेठ २०८१
बचत रकम हिनामिना गर्ने सहकारीका तीन जना संचालक पक्राउ
images

काठमाडौं । स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको ७ करोड ४० लाख ८७ हजार ८ सय ६० रूपैयाँ ५९ पैसा अपचलन तथा हिनामिना गरेको अभियोगमा ३ जना संचालकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा संस्थाका अध्यक्ष काठमाडौं महानगरपालिका वडा नं. १४ कुलेश्‍वर बस्ने ६६ वर्षीय बाशु देव मान जोशी, संस्थाका सचिव सोही महानगरपालिका-२५ केलटोल बस्ने ६७ वर्षीय सुवर्ण सेलालिक र संस्थाका सदस्य सोही महानगरपालिका वडा नं. २६ नरदेवी बस्ने ५८ वर्षीय धर्म रत्न पाछैं रहेका छन् ।

उक्त बचत रकम अपचलन तथा हिनामिना गरेको सम्बन्धमा काठमाडौं महानगरपालिका सहकारी विभागको पत्रको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :जेठ २८, २०८१ सोमवार - ०६:३४:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology