Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु

दैनिकी न्यूज

२८, जेठ २०८१
सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु
images

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ ।

प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाईकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका वडा नं. ९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमादनगरपालिका वडा नं. ७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सोल्पाडाँडाबाट गस्ती गर्दै पुनःप्रहरी चौकी रत्नावतीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरीक्षक ठाकुरले चलाएको मोटरसाइकल अपराह्न ४ बजे अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो ।

सहायक निरीक्षक ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते सहायक प्रहरी हवल्दार श्रेष्ठलाई उपचारका लागि काठमाडौँको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ २८, २०८१ सोमवार - ०६:४१:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology