काठमाडौं । आज (बिहिबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ८ सयले बढेको हो ।
यस दिन छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबर भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
यसैगरी, यो दिन चाँदीको भाउ १५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।