Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

दैनिकी न्यूज

७, श्रावण २०८१
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या
images

काठमाडौं । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । ८० वर्षीय रायको हत्याको कारणबारे खुल्न सकेको छैन् ।

सोमबार बिहानै धनुषा लालगढबाट कुकुरसहितको टोली घटना स्थलमा आइपुगेको छ । त्यस्तै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ बिनोद पोखरेलको टोली पनि घटनास्थलमा पुगेको छ ।

प्रदेश प्रहरीको थप अनुसन्धान टिम समेत आई अनुसन्धान हुँदै गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

राय २०५६ सालमा भएको आम निर्वाचनमा सर्लाही - ३ बाट निर्वाचित भएपछि राजा ज्ञानेन्द्रको शासन कालमा केही महिना भूमिसुधार राज्यमन्त्री भएका थिए। त्यतिबेला उनी नेपाली कांग्रेसका नेता रामहरि जोशीलाई हराउँदै राप्रपाबाट निर्वाचित भएका थिए।

images
प्रकाशित मिति :श्रावण ७, २०८१ सोमवार - १०:५०:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology