Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

दैनिकी न्यूज

७, श्रावण २०८१
सुनको भाउ बढ्यो
images

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) पहेंलो धातु सुनको भाउ प्रति तोलामा १०० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ यो दिन १०० रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत साउन २ गते मंगलबार सुनको भाउले कीर्तिमानी उचाइ छोएको थियो । उक्त दिन सुनको भाउ तोलाको १ लाख ४९ हजार ८०० पुगेको थियो । त्यसयता सुनको भाउ घट्दो क्रममा छ ।

यस दिन तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यसैगरी, यो दिन चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :श्रावण ७, २०८१ सोमवार - १०:५६:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology