Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

दैनिकी न्यूज

३०, श्रावण २०८१
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
images

सुनसरी । धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कंचनजंघा होटल एण्ड लजको ३०३ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा होटल संचालिका सोही उपमहानगरपालिका-१६ बस्ने ४९ वर्षीया प्रमिला योङदेन समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार १० रूपैयाँ, १५ थान कौडा र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण ३०, २०८१ बुधवार - ०७:४२:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology