Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गोदावरी नगरपालिकाका प्रमुख र उपप्रमुखले भ्रष्टाचार मुद्दामा पाए सफाइ

गोदावरी नगरपालिकाका प्रमुख र उपप्रमुखले भ्रष्टाचार मुद्दामा पाए सफाइ

दैनिकी न्यूज

३१, श्रावण २०८१
गोदावरी नगरपालिकाका प्रमुख र उपप्रमुखले भ्रष्टाचार मुद्दामा पाए सफाइ
images

काठमाडौं। विशेष अदालतले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहित १४ जनालाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सबै आरोपितहरूलाई सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष २१ जेठमा दर्ता गरेका पाँच मुद्दामा बुधबार फैसला गर्दै सफाइ दिएको हो ।

उनीहरूमाथि ढुंगा बालुवा उत्खनन र बिक्री वितरणमा राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको लेले र नल्लुमा सञ्चालित ढुंगाखानी र क्रसर उद्योगहरूबाट राजस्व नउठाई भ्रष्टाचार गरेको भन्दै प्रमुख महर्जन र उपप्रमुख मुना अधिकारीसहित १४ जनाविरूद्ध भ्रष्टारमुद्दा दायर गरेको थियो ।

अख्तियारले ८ जना कर्मचारी, ७ जना खानी सञ्चालक र ७ वटा कम्पनीविरूद्ध पनि मुद्दा चलाएको थियो । अख्तियारले उठाउनुपर्ने जति राजस्व नउठाएको, राजस्व छुट दिएको र भ्याट नउठाएको भन्दै एक अर्ब ४ करोड रूपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

विशेष अदालतले बागमती प्रदेशले तोकेको दरभन्दा कम दररेटमा गिट्टी ढुंगा उत्खननको ठेक्का लगाउन प्रमुख उपप्रमुख वा प्रमुख प्रशासकीय अधिकारीको एकल निर्णय नभई नगर सभाको निर्णयबाट भएको देखिएकाले भ्रष्टाचार भन्न नमिल्ने फैसला गरेको हो । विशेष अदालतले गोदावरी नगरपालिकाले कानुन बनाएर नदीजन्य पदार्थमा बागमती प्रदेशसभाले बनाएको दरभन्दा घटी कर निर्धारण गरेको विषयलाई संवैधानिक व्याख्या आवश्यक देखिएको समेत फैसलामा उल्लेख छ ।

images
प्रकाशित मिति :श्रावण ३१, २०८१ बिहिवार - ०७:१७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology