Logo

सोमवार, श्रावण २५ गते २०८३

images

घट्यो पेट्रोलियम पदार्थको भाउ

घट्यो पेट्रोलियम पदार्थको भाउ

दैनिकी न्यूज

३१, श्रावण २०८१
घट्यो पेट्रोलियम पदार्थको भाउ
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले इण्डियन आयल कर्पोरेशन९आईओसी० ले भाउ घटाएर पठाएपछि शुक्रबार राती १२ बजेदेखि लागू हुने गरेर मूल्य घटाएको बताएको छ ।

जसअनुसार पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँ घटेको छ । यस्तै डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटेको छ भने मट्टितेलको मूल्य प्रतिलिटर समान ३ रुपैयाँले नै घटेको छ ।

यससँगै पेट्रोलको बिक्री भाउ प्रतिलिटर १६२।५० रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १५२।५० रुपैयाँ कायम भएको निगमले बताएको छ । यसअघि पेट्रोलको बिक्री मूल्य १६७।५० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५५।५० रुपैयाँ थियो ।

images
प्रकाशित मिति :श्रावण ३१, २०८१ बिहिवार - २०:५८:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology