काठमाडौं । बझाङ जिल्लामा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर चारजनाको मृत्यु भएको छ । ६ जनाले भने भागेर ज्यान जोगाएको बताइएको छ ।
बझाङको बुङ्गल नगरपालिका वडा नं. १० टुमेडामा गएराति वीरा धामीको घर माथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका चारजनाको शव आज बिहान निकालिएको हो ।
मृत्यु हुनेमा एकै परिवारका ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी छन् ।
उनीहरूको शव स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय बुंगलबाट खटिएको टोलीले निकालेको हो ।