Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्रको चुनावी घरदैलो कार्यक्रमः कार्यकर्तामा उमङ्ग र मतदाता फुरुङ्ग

माओवादी केन्द्रको चुनावी घरदैलो कार्यक्रमः कार्यकर्तामा उमङ्ग र मतदाता फुरुङ्ग

दैनिकी न्यूज

५, मंसिर २०८१
माओवादी केन्द्रको चुनावी घरदैलो कार्यक्रमः कार्यकर्तामा उमङ्ग र मतदाता फुरुङ्ग
images

काठमाडौं । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुरमा चुनावी महौल तातेको छ। किर्तिपुर नगरप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रा. डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेसँगै चुनावी गतिविधि तीव्र रुपमा अगाडि बढिरहेको छ ।

shiva 1.jpg

उपनिर्वाचनमा नगरप्रमुखका उम्मेदवारसहित माओवादीका नेतादेखि कार्यकर्ताहरु सक्रिय भएर लागेका छन्, वडाका टोल–टोलमा गठित निर्वाचन परिचालन कमिटीको सक्रियतामा नेता तथा कार्यकर्ता घरदैलोमा पुगेर मतदातासँग भोट माग्ने कार्यमा निरन्तर लागेका छन् ।

shiva 3.jpg

कीर्तिपुर नगरपालिकाका १० वटै वडाका टोलटोलमा गठित निर्वाचन परिचालन कमिटीले चुनाव लक्षित कार्यक्रमअन्तर्गत महिला र्याली, युवा मार्चपास, अन्तरक्रिया, घरदैलो कार्यक्रम तथा कोणसभा आयोजना गर्दै आएका छन् ।

shiva 2.jpg

नगर प्रमुखका उम्मेदवार प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई विजयी बनाउन १० वटै वडामा खटाइएको माओेवादी केन्द्रले जनाएको छ । हरेक वडामा चुनावी कमाण्डरसहित केन्द्रीय, प्रदेश, जिल्ला, स्थानीयस्तरका नेता तथा कार्यकर्ता परिचालित भइरहेका छन्।

shiva 5.jpg

माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार बनेका महर्जनको नेतृत्वमा बुधबार बिहान भएको घर दैलो अभियान निकै उत्साहप्रद थियो । बुधबार वडा नं. ७ र ८ वडामा भएको घरदैलो अभियनले सहभागी माओवादी नेता तथा कार्यकर्ता पनि उत्साहित देखिन्थे ।

युवादेखि वृद्ध आमाबुबासम्मले महर्जनलाई घरदैलो कार्यक्रममा भोट दिने प्रतिबद्धताका साथ आशिर्वाद दिएका थिए ।  आफ्नो मताधिकार प्रयोग गर्ने दिन आउन ११ दिन मात्र बाँकी छ । यस अवधिमा चोकचोक, टोलटोलमा चुनावी उत्सव चलेको छ । आगामी साढे दुई वर्षका लागि माओवादी केन्द्रका उम्मेदवार महर्जनलाई जिताउन मतदाता प्रतिक्षामा छन् ।

shiva 4.jpg

माओवादी केन्द्रले सञ्चालन गरेको घरदैलो अभियानले कार्यकर्तामा उत्साह थपेको छ भने मतदातामा उत्साह छाएको छ ।

नगर प्रमुखका प्रत्यासी प्रा.डा. महर्जन दैनिक जनताको घरदैलोमा जाँदा कार्यकर्तामा उत्साह र उमङ्ग थपिएको बताउँछन् । उनी भन्छन्, “आफ्नो स्थानीय सरकारको नेतृत्व छान्न दलका लागि यो महोत्सव हो, कार्यकर्तामा यतिखेर उत्साह, उमङ्ग छाएको छ, दैनिक नेता घर दैलोमा आउँदा मतदाता पनि फुरुङ्ग भएका छन् ।”

ठाउँठाउँ र चोकचोकमा माओवादी केन्द्रका कार्यकर्ता पार्टीको गीतमा नाच्ने, गाउँने गर्दा मतदातामा समेत उमङ्ग थप्ने गरेको कीर्तिपुर नगरपालिका–७ का प्रकाश महर्जन बताउँछन् ।

यसैबीच एकीकृत समाजवादीले उम्मेदवारी नदिने भएको छ । उक्त दलले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको छ ।

को हुन नगरप्रमुखका उम्मेदवार महर्जन ?
नगरप्रमुखका उम्मेदवार महर्जन त्रिभुवन विश्वविद्यालय केन्द्रीय शिक्षाशास्त्र विभागका पूर्वप्रमुख हुन् । त्यस्तै उनले विश्वविद्यालय अनुदान आयोगको सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

यस्तो छ महर्जनको प्रतिबद्धता पत्र
‘नगरपालिकाको संस्थागत सुधार, समृद्ध कीर्तिपुरको आधार’ ‘भ्रष्टाचार विरुद्ध निरन्तर अभियान–गोलाकार भित्रको हँसिया हथौडामा मतदान’ भन्ने नारासहित महर्जनले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
१. स्ववासी वेनिस्सा (लालपुर्जा) को समस्या यथाशीघ्र समाधान गर्न ।
२. फोहोरमैला निःशुल्क सङ्कलन गर्न ।
३. विद्युत् र खानेपानीको न्यूनतम खपत शुल्क मिनाहा गर्न ।
४. घरघरमा खानेपानीको समानुपातिक वितरण तथा सुविधा विस्तार गर्न ।
५. नगरभित्रका सबै स्थानमा सडक सञ्जाल बिस्तार गरी कच्ची सडक रहित सहर बनाउन र यातायात सुलभ बनाउन ।
६. विष्णुदेवी अस्पताललाई भौतिक पूर्वाधारसहित तत्काल २५ शय्याको बनाई नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्न ।
७. स्थानीय उत्पादनलाई ब्राण्डिङ गरी बजारीकरण व्यवस्थित गर्न ।
८. निर्माण सम्पन्न हुन नसकेको खेल मैदानलाई यथाशीघ्र निर्माण गरी प्रयोगमा ल्याउन ।
९. त्रि.वि. हाताभित्र शिक्षण अस्पताल निर्माण कार्य सम्पन्न गरी कीतिपुरवासीलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराउन ।
१०. त्रि।वि। सँग समन्वय गरी हरेक क्षेत्रमा कीर्तिपुरवासीलाई निश्चित कोटाको व्यवस्था गर्न ।
११. विद्युतको अव्यवस्थित तार तथा केवल लाइनलाई व्यवस्थित गरी नगरको मुख्य क्षेत्रमा सि। सि। टि।भि जडानसहित सुरक्षित सहर बनाउन ।
१२. नगरपालिकालाई सुशासन सहित भ्रष्टाचार मुक्त बनाउन ।
१३. महिलाहरूलाई स्वरोजगार सहित आत्मनिर्भरता सुनिश्चित गर्न दीर्घकालीन विशेष परियोजना सञ्चालन गर्न ।
१४. नगरभित्रका सबै शिक्षालयमा प्राविधिक शिक्षा लागु गरी युवाहरूलाई स्वरोजगारमुखी र स्वावलम्बी बनाउन ।
१५. पुष्पलालपार्क–चम्पादेवी हुँदै हेटौँडा जाने बाटो निर्माण गर्न ।
१६. अपाङ्गता (बौद्धिक, मानसिक र शारीरिक) भएका व्यक्तिहरूलाई पुरस्थापना गर्न । अशक्त अपाङ्गका घर घरमा स्वास्थ्य सेवा दिन ।
१७. नगरपालिका भित्रका सबै भूगोलहरूका समानुपातिक वितरण सुनिश्चित गर्न ।
१८. विकास निर्माणसँग सम्बद्ध कार्यहरूलाई सर्वपक्षीय बनाउन र पारदर्शीरुपमा परिचालन गर्न ।
१९. सतुङगल चोभार ९सुख्खा बन्दरगाह० सडक निर्माण गर्न ।
२०. पर्यटन विकासका लागि सांस्कृतिक तथा जातीय संग्राहलय स्थापना गर्न ।
२१. कीर्तिपुर नगरपालिकालाई लागु औषध दुर्व्यसनमुक्त पालिका बनाउन ।
२२. कीर्तिपुरका युवा विद्यार्थीहरुका लागि शैक्षिक ऋण सहज उपलब्ध गर्न ।
२३. सूचना प्रविधिमैत्री कीर्तिपुर सहर निर्माण गरी युवाहरूलाई स्वरोजगारणमुखी बनाउन ।
२४. कीर्तिपुरवासी राष्ट्रियस्तरका खेलाडीहरूलाई मासिक भत्ता सुनिश्चित गर्न ।
२५. बालबालिका तथा युवाहरूलाई खेलकुद क्षेत्रमा पहुँच सुनिश्चित गर्न नगर खेलकुद परिषद् गठन गरी परिचालन गर्न ।
२६. चोभारमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हल बनाउन ।
२७. कीर्तिपुरलाई छुवाछूतमुक्त नगर सहित सुकुम्वासी मुक्त क्षेत्र बनाउन ।
२८. सहकारी पीडितलाई बचत रकम फिर्ता गराउन पहल गर्न ।

त्यस्तै, उम्मेदवार महर्जनले आजै किर्तिपुरको पाँगामा आफ्नो चुनावप्रचारप्रसार कार्यालयको समेत सुरुवात गरेका छन् । प्रचारप्रसार कार्यकालागि प्रभावकारी बनाउन, स्थानीयहरुसँगको भेटघाटलाई व्यवस्थित बनाउनका लागि कार्यालय सञ्चालन गरिएको उनले बताए ।

shiva.jpg

images
प्रकाशित मिति :मंसिर ५, २०८१ बुधवार - १८:४८:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology