काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यसदिन चाँदीको भाउ पनि बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी १ हजार ९ सय ४० रुपैँयामा कारोबार भएको थियो ।