Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

दैनिकी न्यूज

१८, मंसिर २०८१
सुनको भाउ बढ्यो
images

काठमाडौं । साताको तेस्रो  कारोबार दिन मंगलबार सुनको भाउ बढेको छ । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार  रुपैयाँले बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला एक लाख  ५० हजार ३ सय  रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार  छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, यसदिन चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको  हो । महासंघको अनुसार आज चाँदी प्रतितोला  १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ८ सय १५ रुपैँयामा  कारोबार भएको थियो ।

images
प्रकाशित मिति :मंसिर १८, २०८१ मंगलवार - १०:५४:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology