Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुर प्रेस सेन्टरको अध्यक्षमा अर्याल चयन

ललितपुर प्रेस सेन्टरको अध्यक्षमा अर्याल चयन

दैनिकी न्यूज

२६, पौष २०८१
ललितपुर प्रेस सेन्टरको अध्यक्षमा अर्याल चयन
images

ललितपुर। प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाको अध्यक्षमा दीपक अर्याल सर्वसम्मत चयन भएका छन् । बिहीबार ललितपुरमा सम्पन्न पाँचौ अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन भएका हुन् ।उपाध्यक्षहरूमा कृष्ण पौडेल र उषा कुमारी काफ्ले चयन भएका छन् ।

Lalitpur.gif

press center 1.jpg

सचिवमा सागर देवकोटा, सह–सचिवमा विसु गुरुङ, रोसन लामा तामाङ र कोषाध्यक्षमा मन बहादुर विक चयन भएका छन् ।

सदस्यहरूमा पासाङ घिसिङ, गोपाल सिलवाल, पृथ्वुराज जोशी, अनिल कुमार श्रेष्ठ, विपिन घिसिरे, कमल योञ्जन तामाङलगायत चयन भएका छन् ।

press center 2.jpg

अधिवेशनमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिनेश महर्जन दिपेश, प्रेस सेन्टरको संस्थापक मनऋषि धिताल, प्रेस सेन्टर नेपालका केन्द्रीय वरिष्ठ उपायध्यक्ष कमल गिरी, उपाध्यक्ष गंगा पौडेल बराल, प्रेस सेन्टर उपत्यका प्रदेशका इन्चार्ज निर्मल ज्ञवाली, केन्द्रीय उपमहासचिव रामकृष्ण अधिकारी, केन्द्रीय सचिव सुनिल खड्का, हरि लामिछाने, नेपाल पत्रकार महासंघका निवर्तमान लेखासमितिका संयोजक लेखनाथ न्यौपाने, निवर्तमान केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, प्रेस सेन्टर नेपाल उपत्यका कार्यसमितिका अध्यक्ष नवराज दाहाल, मिलन नेपालीकी जीवनसंगिनी सबिता बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

पोखरेल र दाहाल पुरस्कृत
प्रेस सेन्टर नेपालको पाँचो अधिवेशनमा जनार्दन पोखरेल र प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश अध्यक्ष नवराज दाहाल पुरस्कृत भएका छन् ।

janarda.jpg

नेपालखबरकर्मी पोखरेल ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार–२०८०’ बाट सम्मानित भएका हुन्। नेपालखबरका उप–सम्पादकसमेत रहेका पोखरेललाई नगद रकमसहित पुरस्कृत गरिएको हो।

कार्यक्रममा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेशका अध्यक्ष तथा पत्रकार नवराज दाहाललाई पनि नगद पुरस्कारसहित ‘कृष्ण सेन इच्छुक प्रेस स्वतन्त्रता सेनानी सम्मान तथा पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गरिएको थियो।

naba raj.jpg

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल)ले पोखरेल र दाहाललाई पुरस्कार रकमसहित सम्मान–पत्र प्रदान गरे।

पुरस्कार र सम्मान प्रदान गर्दै प्रेस सेन्टर नेपालका केन्द्रीय जुगलले एक हातमा कलम र अर्को हातमा बन्दुक बोकेको बिरासत भुल्न नहुने बताएका छन् । प्रेस सेन्टर नेपालप्रति श्रमजीवी पत्रकारको आकर्षण बढ्नुमा यसको क्रान्तिकारी चरित्र नै प्रमुख भएको र त्यसैको प्रतिफल युनियन चौतारी गठबन्धन विरुद्ध नेपाल पत्रकार महासंघमा ऐतिहासिक जीत हासिल भएको उनको भनाइ छ ।

अध्यक्ष जुगलले जनपक्षीय पत्रकार हुनुका नाताले प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुले जनताको आवाज बोल्न सक्नुपर्ने र राज्यलाई समाजबाद तर्फ लैजान सक्नुपर्नेमा जोड दिए ।

सात पत्रकार सम्मानित
त्यसैगरी कार्यक्रममा पत्रकारहरु सुरेन्द्र चालिसे, बासुदेव श्रेष्ठ, डिलबहादुर थोकर, रामप्रसाद ढकाल, प्रल्हाद शर्मा हुमागाईँ राममणि घिमिरे र गोकर्ण बराललाई ललितपुर पत्रकारिता सम्मान प्रदान गरिएको थियो।

images
प्रकाशित मिति :पौष २६, २०८१ शुक्रवार - ०७:४३:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology