Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रेस सेन्टर काभ्रेको अध्यक्षमा ढकाल

प्रेस सेन्टर काभ्रेको अध्यक्षमा ढकाल

रुद्र बहादुर थिङ

३, माघ २०८१
प्रेस सेन्टर काभ्रेको अध्यक्षमा ढकाल
images

काभ्रे । प्रेस सेन्टर नेपाल, काभ्रेपलाञ्चोक जिल्ला समितिको अध्यक्षमा रामप्रसाद ढकाल चयन भएको छ । बनेपामा बुधबार सम्पन्न पाँचौं अधिवेशनबाट रामप्रसाद ढकालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

Lalitpur.gif

कार्यसमितिको उपाध्यक्षमा सुरज श्रेष्ठ र महिला उपाध्यक्षमा मायालु लामा रहेका छन् । सचिवमा चित्रप्रसाद घिमिरे (हरिहर), सहसचिवमा प्रशान्त बन्जारा र समावेसी सहसचिवमा बिजय जिम्बा रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा मोतिलाल मोक्तान निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा सन्तोष बजगाई, जीवन घिसिङलगायत निर्वाचित भएका छन् ।

kavre press 2.jpg

सिङ्गै कार्यसमिति निर्विरोध निर्वाचित भएको अध्यक्ष ढकालले बताए । अधिवेशनमा प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का र महासचिव सन्तोष पौडेल, सहकोषाध्यक्ष बुद्ध लोप्चन, प्रदेश अध्यक्ष यदुनाथ गौतम लगायतको आतिथ्यता रहेको थियो ।

kavre press 1.jpg

images
प्रकाशित मिति :माघ ३, २०८१ बिहिवार - ०७:५०:२६ बजे

 

रुद्र बहादुर थिङ

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology