Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरको यी स्थानमा आज काटिदैछ बिजुली

ललितपुरको यी स्थानमा आज काटिदैछ बिजुली

दैनिकी न्यूज

४, माघ २०८१
ललितपुरको यी स्थानमा आज काटिदैछ बिजुली
images

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका आज विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९ः३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो ।
Dainikeenews advertise 2081.10.03.PNG
प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, मङ्गलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ ।

बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउने समेत सूचनामा उल्लेख छ ।

images
प्रकाशित मिति :माघ ४, २०८१ शुक्रवार - ०८:०५:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology